ताजा समाचार

बसोबासको हिसाबले नेपाल स्वर्ग झैं छ : एमाले अध्यक्ष ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले विदेशबाट फर्केकाहरुको ज्ञान, सीप देश विकासमा लगाउनुपर्नेमा जोड दिनु भएको छ । काठमाडौंमा शनिबार आयोजित पार्टी निकट जनवर्गीय संगठन रिटर्नी फेडेरेशन नेपालको प्रथम अधिवेशन उद्घाटन गर्दै उहाँले यस्तो बताउनुभएको हो । विदेशमा काम गरेर फर्केकाहरुले बनाएको संगठन रिटर्नी फेडेरेशनका नेतृत्वले उनीहरुको समस्या समाधानका लागि मिलेर काम गर्नुपर्ने पनि अध्यक्ष ओलीको भनाइ थियो ।

विदेशमा बसेर फर्केकाहरुले केही ज्ञान, केही सीप, केही संकल्प र अठोट लिएर आएको हुने भन्दै अध्यक्ष ओलीले त्यसलाई देश निर्माणको काममा लगाउनका लागि रिटर्नी फेडेरेशनको नेतृत्वलाई निर्देशन दिनुभयो । अध्यक्ष ओलीले नेपाल बसोबासको हिसाबले स्वर्ग भएको उल्लेख गर्दै यहीँ केही गर्न सकिन्छ भन्ने भावनाका साथ विदेशबाट फर्किएकाहरुले काम गर्नुपर्ने बताउनु भयो ।

अध्यक्ष ओलीले साम्प्रादायिक नारा लगाएर समस्याको समाधान नहुने पनि बताउनुभयो । कुनै पनि समस्या समाधान नहुने भएकाले देशमा साम्प्रदायिकताको नारा लगाउनुको कुनै अर्थ नरहेको उहाँको भनाइ थियो ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org