ताजा समाचार

‘जनतासँग निकटतम् सम्बन्ध राख्ने नविन्द्रराजबाट म प्रभावित भएँ’

काठमाडौं, १५ फागुन । राष्ट्रपति रामचन्द्र पौडेलले पूर्वमन्त्री स्व. नविन्द्रराज जोशीलाई जनतासँग निकटतम् सम्बन्ध राख्ने र उनीहरुका सुख, दुःख बुझ्ने व्यक्तित्वको रुपमा आफूले चिनेको भन्दै स्मरण गर्नु भएको छ । काठमाडौंमा सोमबार पूर्वमन्त्री स्व.नविन्द्रराज जोशीको शालिक अनावरण गर्दै उउहाँले यस्तो बताउनु भएको हो ।

उनले स्व. जोशीको व्यक्तित्वले राष्ट्रिय रुपमा बनाएको उचाई र छवि वर्तमान नेपाली समाजका लागि प्रेरणादायी हुने बताउनु भयो । योग्यता, आचरणशील र इमान्दारीतामा बराबर संगम रहेका विरलै मानिसमध्ये स्व. जोशी रहेको पनि उहाँले उल्लेख गर्नु भयो । राजनीति समाज र जनताप्रतिको सेवाभावले ओतप्रोत हुनुपर्ने राष्ट्रपति पौडेलको भनाइ छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org