ताजा समाचार

मन्त्रिपरिषद् विस्तारका लागि मंगलबार सत्ता गठबन्धनको बैठक बस्ने

काठमाडौं । मन्त्रिपरिषद् विस्तारका लागि मंगलबार सत्ता गठबन्धनको बैठक बस्ने भएको छ । मन्त्रिपरिषद् विस्तारका लागि छलफल गर्न भाेलि मंगलबार अपराह्न ४ बजे गठबन्धनको बैठक बोलाउने शीर्ष नेताहरुबीच सहमति भएको हो ।

प्रधानमन्त्री एवम् माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, कांग्रेस सभापति शेरबहादुर देउवा र एकीकृत समाजवादी अध्यक्ष माधवकुमार नेपालबीच सोमबार भएको छलफलमा मंगलबार गठबन्धनको बैठक राखेर मन्त्रिपरिषद् विस्तारबारे निर्णय लिने सहमति भएको हो ।

चैत ६ गते दोस्रो पटक विश्वासको मत लिएका प्रधानमन्त्री प्रचण्डले मन्त्रिपरिषदलाई पूर्णता दिन सकेका छैनन् । बालुवाटारस्थित प्रधानमन्त्रीको सरकारी निवासमा भएको शीर्ष नेताहरुबीचको छलफलले मन्त्रिपरिषद् विस्तारका लागि मंगलबार अपराह्न ४ बजे गठबन्धनको बैठक बोलाउने सहमति भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org