ताजा समाचार

प्रतितोला २ सय रुपैयाँले घट्याे सुनको मूल्य

काठमाडौँ । नेपाली बजारमा सोमबार सुन र चाँदीको मूल्य घटेको छ । यसअघि आइतबार ६०० रुपैयाँले घटेको सुन सोमबार २०० रुपैयाँले घटेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार छापावाल प्रतितोला १ लाख ९ हजार रुपैयाँ कायम भएको छ ।
यसैगरी तेजाबी सुन प्रतितोला १ लाख ८ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ।

आइतबार छापावाल सुन प्रतितोला १ लाख ९ हजार २०० रुपैयाँ र तेजाबी सुन प्रतितोला १ लाख ८ हजार ७०० रुपैयाँमा कारोबार भएको थियो।

त्यसतै, चाँदीको मूल्य १० रुपैयाँले घटेर प्रतितोला १३ सय ६० रुपैयाँमा कारोबार भइरहेको छ। आइतबार प्रतितोला १३ सय ७० रुपैयाँमा कारोबार भएको थियो।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org