ताजा समाचार

पहाडी भू-भागमा चट्याङसहित हल्का वर्षाको सम्भावना

काठमाडौं । हाल देशमा स्थानीय वायुसँगै पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ। जसको प्रभावले देशका पहाडी भू=भागमा मौसम प्रचिकूल देखिएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

पहाडी क्षेत्रमा आंशिकदेखि सामान्य बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहेको छ। गण्डकी प्रदेशको पहाडी भागको थोरै स्थानहरुमा मेघ गर्जन र चट्याङ्गसहित हल्का वर्षा भईरहेको छ ।

कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी क्षेत्रमा आज दिउँसो सामान्य बदली रहने छ। देशका पहाडी भू-भागका एकदुई स्थानमा चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ ।

कोशी, गण्डकी र कर्णाली प्रदेशका पहाडी क्षेत्रमा आज राति आंशिक बदली रहने छ। कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी क्षेत्रमा एकदुई स्थानमा चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ। बुधबार पनि पहाडी भागमा चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org