ताजा समाचार

सत्ता साझेदार दलको बैठक आज पनि बस्दै

काठमाडौं । सत्ता साझेदार दलहरूबीच मन्त्रालय भागबन्डाको विषय मिलाउन आज बुधबार पनि बैठक बस्ने भएको छ । हिजो कंगलबार बैठक बसेपनि टुंगोमा पुगेन । भागबन्डा टुंगो लगाउन भनेर प्रधानमन्त्री निवास बालुवाटारमा हिजो बसेको १० दलको बैठक निष्कर्षविहीन बनेको थियो । आज बिहान ९ बजे पुनः बसेर सहमति जुटाउन प्रयास गरिने नेताहरूले बताएका छन् ।

सत्ता गठबन्धनमा मन्त्रालयको भागबन्डामा सहमति जुट्न नसक्दा मन्त्रिपरिषद विस्तारमा ढिलाइ हुँदै आएको छ । प्रधानमन्त्री प्रचण्डले मन्त्रिपरिषद् पुनर्गठनका लागि निरन्तर छलफल गर्दै आए पनि सहमति जुट्न नसकेको हो ।

छलफलमा समाजवादीले तीन वटा मन्त्रालय पाउनुपर्ने अडान राख्दै आएको छ भने प्रचण्डले दुई वटाभन्दा बढी दिन नसकिने बताउनु भएको छ । यस्तै कांग्रेसले आठ मन्त्रालय पाउने भनिए पनि मन्त्रालयमा सहमति जुट्न सकेको छैन । जसपासहित अन्य साना दलले पाउने मन्त्रालयमा सहमति जु्ट्न नसकेको बताइएको छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org