ताजा समाचार

मेक्सिकोमा आगलागी : ४० जनाको मृत्यु , २८ जना घाइते

काठमाडाैं । मेक्सिकोको आप्रवासी नियन्त्रण केन्द्रमा आगलागी भएकाे छ । अमेरिकी सीमा नजिकै पर्ने उत्तरी मेक्सिकोको एउटा आप्रवासी नियन्त्रण केन्द्रमा भएको आगलागीमा कम्तीमा ४० जनाको ज्यान गएको छ । घटनामा २८ जना घाइते भएका छन् ।

उनीहरुको स्थानीय अस्पतालमा उपचार भइरहेको मेक्सिकोको राष्ट्रिय आप्रवासन संस्थाले जनाएको छ । आगलागीका बेला केन्द्रमा मध्य र दक्षिण अमेरिकाका गरी ६८ जना आप्रवासी थिए ।

मानव तस्करले जोखिमपूर्ण यात्रा गराउँदै विभिन्न देशका आप्रवासीलाई अवैध रुपमा अमेरिका प्रवेश गराउँदै आएका छन् ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org