ताजा समाचार

आगलागीबाट एक बालिकाको मृत्यु

काठमाण्डाैं ।  रौतहटको ईशनाथ नगरपालिका–६ जयनगरमा आगलागी भएकाे छ । आगलागीमा एक बालिकाको ज्यान गएको छ भने एक बालिका घाइते भएकी छन् ।

गएराति १० बजेतिर मोजिबुल रहमानको घरमा आगो लागेको थियो । उनकाे १२ वर्षीय छोरी राजिया खातुन सुतेको अवस्थामा आगोमा जलेर ज्यान गएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ । १० वर्षीया सजिया खातुन घाइते भएकी छन् । उनको प्रादेशिक अस्पताल गौरमा उपचार भैरहेको छ ।

आगोले मोजिबुलको घरसहित १६ लाख रुपैयाँ र शेख ईशराजको घरसहित दुई लाख रुपैयाँ गरी १८ लाख रुपैयाँ बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ । भुस र दाउराबाट आगो सल्किएको हुनसक्ने प्रारम्भिक अनुमान छ । आगो गएराति नै निभाइएको छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org