ताजा समाचार

बालेनलाई प्रधानमन्त्रीको जवाफ- ‘ढुक्क हुनुस्, यो सरकार ५ वर्ष नै टिक्छ’

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले वर्तमान सरकार ५ वर्ष नै टिक्ने दाबी गर्नुभएको छ । न्यायिक समितिको पहिलो राष्ट्रिय सम्मेलनलाई बुधवार सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो ।

प्रधानमन्त्री प्रचण्डले काठमाण्डौ महानगरपालिकाका मेयर बालेन्द्र शाहले सरकार फेरबदल भइरहँदा पालिकालाई पनि काम गर्न कठिनाइ हुने गरेको कुराको जवाफ दिँदै सरकार पाँच वर्ष नै टिक्नेमा ढुक्क हुन आग्रह गर्नुभयो ।

प्रधानमन्त्री प्रचण्डले  भन्नुभयो, कामनपा मेयर बालेन्द्र शाहज्यूले सरकार फेरबदल भइरहँदा कतिपय कठिनाइ आएको कुरा गर्नुभयो, तर पालिका चुनावपछि सङ्घ र प्रदेशको चुनाव भइसकेर यहाँसम्म आइसक्दा म नै सरकारमा छु, तपाईँ ढुक्क हुनुहोस्, यो सरकार ५ वर्ष नै टिक्छ भन्ने मलाई विश्वास छ ।’ प्रधानमन्त्री प्रचण्डले सरकार अब बिस्तारै लयमा आइरहेको भन्दै अब देश विकासका काममा लाग्ने बताउनुभयो ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org