ताजा समाचार

सुनको मूल्य प्रतितोला १ लाख ८ हजार ५ सय रुपैयाँ पुग्यो

काठमाडौं – सुनको भाउ आज (बुधबार) तोलामा पाँच सय रुपैयाँले बढेको छ । मंगलबार तोलाको एक लाख ८ हजार रुपैयाँमा कारोबार भएको सुनको भाउ आज तोलाको एक लाख ८ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार हिजो सुनको भाउ तोलामा एक हजार रुपैयाँले घटेको थियो । आज चाँदीको भाउ पनि तोलामा १० रुपैयाँले बढेको छ ।

चाँदी आज तोलाको एक हजार तीन सय ६५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org