ताजा समाचार

सेयर बजारमा सामान्य वृद्धि

काठमाडौं । सेयर बजारमा बुधबार  सामान्य वृद्धि भएको छ । बजार लगातार तेस्रो दिन बढेको हो । बुधबार १.०२ अंकले बढेको बजार १९१९.४२ विन्दुमा पुगेर रोकिएको छ ।

बुधबार कारोबार रकम भने उल्लेख्य घटेको छ । कुल २५८ धितोपत्रको २५ हजार ४१३ वटा कारोबारबाट २५ लाख ३९ हजार ४८ कित्ता सेयर किनबेच हुँदा कारोबार रकम ८१ करोड ६२ लाख १९ हजार १२९ रुपैयाँको मात्र भएको छ ।

मंगलबार १ अर्ब ४४ करोड ३७ लाख १३ हजार ८७८ रुपैयाँको कारोबार भएको थियो ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org