ताजा समाचार

आज मन्त्रिपरिषद् विस्तारको तयारी, ‘बाँडफाँडमा भने थोरै होमवर्क बाँकी’

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आज (बिहीबार) मन्त्रिपरिषद् विस्तारको तयारी गर्नु भएको छ । १० दलीय सत्ता गठबन्धनमा मन्त्रालयको सङ्ख्यामा सहमति जुटेपछि मन्त्रिपरिषद् विस्तारको कार्यक्रम राखिएको हो ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा हिजो (बुधवार) बसेको बैठकले मन्त्रालय संख्याबारे सैद्धान्तिक सहमति जुटाएको थियो । जसपाका नेता राजेन्द्र श्रेष्ठले आज मन्त्रिपरिषद् विस्तार गर्ने सहमति भएको सञ्चारकर्मीलाई जानकारी दिनु भयो । उहाँले भन्नुभयो , बिहीबार बेलुका शपथ हुनेछ, जनमोर्चा बाहेक सबै दल सरकारमा जाने छन् । ९ दल सरकारमा जाने सैद्धान्तिक रूपमा मन्त्रालय संख्या टुंगो लागेको छ ।’

कसले कुन मन्त्रालय लिने भन्ने थोरै होमवर्क गर्न बाँकी रहेको उहाँको भनाइ छ । गठबन्धन बैठकमा कांग्रेसले ८ माओवादीले ५, एकीकृत समाजवादी र जसपा २–२ मन्त्रालय पाउने सहमति भएको छ । लोसपा, नागरिक उन्मुक्ति, जनमतले १–१ मन्त्रालय पाउने सहमति भएको छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org