ताजा समाचार

छुट्टाछुट्टै मोटरसाइकल दुर्घटनामा दुई जनाको मृत्यु

काठमाडौँ । सुर्खेत र गोरखामा मोटरसाइकलकाे दुर्घटना भएको छ ।  दुर्घटनामा भएकाे दुई छुट्टाछुट्टै मोटरसाइकलबाट  दुई जनाको मृत्यु भएको छ । सुर्खेतको वीरेन्द्रनगर नगरपालिका ७ शिवालय चोकमा गए राति मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पछाडि सवार एक जना घाइते भएका छन् ।

दुर्घटनामा परी वीरेन्द्रनगर-२ कोलडाँडाका २४ वर्षीय सुदिप चौधरीको मृत्यु भएको हो । घाइते भएका उनलाई उपचारको लागि सुर्खेतस्थित कर्णाली प्रदेश अस्पताल कालागाउँ पुर्‍याउनसाथ चिकित्सकले मृत घोषणा गरेका थिए ।

घाइते भएका पछाडि सवार बाँकेको बैजनाथ गाउँपालिका ३ का २२ वर्षीय सुशील चौधरीको सोही अस्पतालमा उपचार भइरहेको छ । कर्णाली प्रदेश ०२-००१ प ४९८७ नम्बरको मोटरसाइकल अनियन्त्रित भई पल्टिएको थियो । मृतक र घाइते दुबै जना नेपाल आर्मीका सैनिक जवान रहेको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ ।

यस्तै गोरखाको भिमसेनथापा गाउँपालिका १ निवेलमा मोटरसाइकल दुर्घटना हुँदा चालकको घटनास्थलमै मृत्यु भएको छ । मृत्यु हुनेमा सप्तरीको कृष्णसरवण गाउँपालिका २ का २३ वर्षीय लक्ष्मी कान्त चौधरी रहेका छन् । घ्याम्पेसालबाट निवेलतर्फ जाँदै गरेको भे ६ प ७४३ नम्बरको मोटरसाइकल अनियन्त्रित भई सडकबाट करिब १० मिटर तल खसेको प्रहरी चौकी घ्याम्पेसालले जनाएको छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org