अनधिकृत संरचना तत्काल हटाउने सूचना तत्काल कार्यान्वयन नगर्न आदेश
काठमाडौ । काठमाण्डौ महानगरपालिकाले सार्वजनिक जग्गा मिचेर निर्माण गरिएका अनधिकृत संरचना सात दिनभित्र हटाउन दिएको सूचनालाई तत्काल कार्यान्वयन नगर्न उच्च अदालत पाटनले अन्तरिम आदेश दिएको छ । महानगरको सूचनाबाट प्रभावित हुने बस्तीका स्थानीयहरूले दिएको रिटमाथि आज शुक्रवार सुनुवाइ गर्दै न्यायाधीश धीरबहादुर चन्दको एकल इजलासले तोकिएको समयमा नहटाए महानगर आफैँले संरचना हटाउने भनी जारी गरेको सूचना अहिलेलाई कार्यान्वयन नगर्न आदेश दिएको हो ।
महानगरको सूचनाबाट प्रभावित हुने स्थानीयले काठमाण्डौ महानगर, राष्ट्रिय भूमि आयोग, अधिकार सम्पन्न बाग्मती सभ्यता एकीकृत विकास समिति, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, राष्ट्रिय मानव अधिकार आयोगलगायतलाई विपक्षी बनाएर रिट निवेदन दिएका थिए ।
काठमाण्डौ महानगरले नदी बहाव, नदी उकास, नदी किनार र नदी कोरिडोरको सार्वजनिक क्षेत्रमा निर्माण तथा अनधिकृतरूपमा निर्माण भएका संचरना हटाउन भन्दै चैत ११ गते सूचना निकालेको थियो । संरचना हटाउन महानगरले दिएको सात दिने म्याद आज सकिँदै छ । महानगरले पटक–पटक सार्वजनिक जग्गा अतिक्रमण गरेर संरचना निर्माण गर्नेलाई हटाउन आग्रह गर्दै आएको
Comments
अरु समाचार
-
प्रधानन्यायाधीशमा सिफारिस हुनुभएका कार्कीविरुद्ध उजुरी आह्वान
काठमाडौं । संसदीय सुनुवाइ समितिको आज बसेको बैठकले प्रधानन्यायाधीशमा सिफारिस हुनुभएका कामु प्रधान न्यायाधीश हरिकृष्ण कार्की विरूद्ध उजुरी दिन आह्वान...
-
लुम्बिनी प्रदेशसभा : विनियोजन विधेयक प्रस्तुत
काठमाडौं । लुम्बिनी प्रदेश सरकारले प्रदेशसभामा विनियोजन विधेयक २०८० प्रस्तुत गरेको छ । आर्थिक मामिलामन्त्री धनबहादुर मास्कीले आइतवार सभामा आगामी...
-
आज गणतन्त्र दिवस
काठमाडाैं । सोह्रौँ गणतन्त्र दिवस देशभर विभिन्न कार्यक्रम गरी मनाइँदैछ । जननिर्वाचित पहिलो संविधानसभाबाट विंस २०६५ जेठ १५ गते निरंकुश...
-
४८२ कैदीको बाँकी कैद मिनाहा, रेशम चौधरी पनि छुट्ने
काठमाडौं । गणतन्त्र दिवसका अवसरमा राष्ट्रपतिको कार्यालयले टोपबहादुर बुढासहित १९ जनालाई आम माफी दिएको छ । त्यस्तै ४८२ कैदीको बाँकी...
-
बागमती प्रदेशको नीति तथा कार्यक्रम आज प्रस्तुत गरिँदै
काठमाडौं । बागमती प्रदेशसभाको बैठक आज बस्दैछ । उक्त बैठकमा प्रदेश सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत हुने...
-
संयुक्त बैठक र संयुक्त समिति नियमावली मस्यौदामा दफाबार छलफल सुरु
काठमाडौं । ‘सङ्घीय संसद्को संयुक्त समिति (कार्यसञ्चालन) नियमावली, २०८० को मस्यौदा प्रतिवेदनमाथिको संशोधनसहितको दफाबार छलफल सुरु भएको छ । आज...
-
तीन वर्षमा एक सय १७ घरगोठ जले, ११ जनाको मृत्यु
काठमाडौं । आगलागीबाट गुल्मीमा तीन वर्षमा एक सय १७ घरगोठ जलेर नष्ट भएका छन् । जिल्लाका विभिन्न पालिकामा गरी पछिल्लो...
-
नेपाल सुन चाँदी व्यवसायी महासङ्घ
काठमाडौं । सुनको भाउ आज सामान्य घटेको छ । तोलामा दुई सय रुपैयाँले घटेर सुन आज १ लाख ८ हजार...
-
भारतले नेपालमा दोस्रो अन्तर्देशीय पेट्रोलियम पाइपलाइन निर्माण गरिदिने
काठमाडौं । भारतले नेपालमा पेट्रोलियम पाइपलाइन र इन्धन भण्डारण डिपोका तीन वटा परियोजना अनुदानमा निर्माण गरिदिने भएको छ । १७...