ताजा समाचार

मिटरब्याज पीडितसँग प्रधानमन्त्री दाहालले छलफल गर्दै

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड मिटरब्याज पीडितको समस्या समाधान गर्न केन्द्रित हुन थालेका छन् । यसैक्रममा उनले आज उनीहरुसँग छलफल गर्ने भएका छन् । काठमाडौं आएर आन्दोलन गरिरहेका मिटरब्याज पीडितसँग प्रधानमन्त्री प्रचण्डले बालुवाटारमा छलफल गर्न लागेको उनको सचिवालयले जानकारी दिएको छ ।

यसअघि गृहमन्त्री नारायणकाजी श्रेष्ठले पनि मिटरब्याज पीडितको समस्या समाधानका लागि आयोग गठन गर्ने निर्णय गरेका थिए । तर आयोग गठन गरेर काम हुनेमा आशंका भने कायमै छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org