ताजा समाचार

९ बुँदे घोषणापत्र जारी गर्दै राष्ट्रिय मिडिया सम्मेलन सकियो

काठमाडौं । ९ बुँदे घोषणापत्र जारी गर्दै राष्ट्रिय मिडिया सम्मेलन सकिएको छ । चैत १६–१७ गते भएको नेपाल पत्रकार महासंघको केन्द्रीय समिति बैठक र राष्ट्रिय मिडिया सम्मेलनले सदस्यता शुद्धीकरण अभियानलाई थप प्रभावकारी बनाउने प्रस्तावलाई सर्वसहमतिबाट पारित गर्दै ९ बुँदे घोषणापत्र जारी पनि गरेको छ ।

पत्रकारितामा लामो समयदेखि क्रियाशील नभएका र अन्य पेशामा लागेकाहरूलाई पत्रकार महासंघको सदस्यता परित्यागका लागि सम्मेलनले आग्रह गरेको छ । सम्मेलनले संविधानअनुसार बन्नुपर्ने सञ्चार सम्बद्ध निकायको गठन तथा पूर्णताका लागि पनि सरकारको ध्यानाकर्षण गराएको छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org