ताजा समाचार

कांग्रेस बैठकमा उपनिर्वाचन लगायतका विषयमा छलफल गरिँदै

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज बस्ने भएको छ । मन्त्रीपरिषदको पुर्णता, उपनिर्वाचन, समय समायिक राजनीतिक बिषयमा छलफल गर्नका लागि कांग्रेस केन्द्रिय कार्यसम्पादन समितिको बैठक बस्न लागेको हो ।

केन्द्रीय कार्यसम्पादन समितिको बैठक २०७९ चैत्र १९ गते आइतबार पार्टीको केन्द्रीय कार्यालय, वीपी स्मृति भवन, वीपीनगर, ललितपुरमा बस्ने भएको मुख्य सचिव कृष्णप्रसाद पौडेलले जनाउनु भयो ।

यसअघि बैठकले उपनिर्वाचनको उम्मेदवार तय गर्ने र पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा सहभागी हुने मन्त्रीहरुको नाम चयन गर्ने जिम्मा सभापति शेरबहादुर देउवालाई दिएको थियो ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org