ताजा समाचार

चितवन २ मा रविको उम्मेद्वारी दर्ता, कांग्रेसका पौडेलले सहयोग गर्ने

भरतपुर । चितवन निर्वाचन क्षेत्र नम्बर २ को उपनिर्वाचनका लागि राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले उम्मेदवारी दर्ता गराउनुभएको छ । सोमबार निर्वाचन अधिकृतको कार्यालयमा उहाँले उम्मेदवारी दर्ता गराउनुभएको जनाइ्एको छ ।

चितवन २ मा कांग्रेसले दिउँसो २ बजे, एमालेले दिउँसो ३ बजे र राप्रपाले दिउँसो ४ बजे उम्मेदवारी दर्ता गर्ने कार्यक्रम छ । यो क्षेत्रको उपचुनावमा कांग्रेसबाट चितवनका निवर्तमान सभापति जितनारायण श्रेष्ठ, एमालेका जिल्ला अध्यक्ष रामप्रसाद न्यौपाने र राप्रपाका जीवलाल पुरीले उम्मेदवारी दर्ता गर्ने तयारी छ ।

यसैबीच, कांग्रेस नेता जगन्नाथ पौडेलले रास्वपाका उम्मेदवार लामिछानेलाई समर्थन गर्ने घोषणा गर्नु भएको छ । पौडेलले पत्रकारहरुलाई प्रतिक्रिया दिँदै आफ्नो समर्थन रास्वपालाई रहने बताउनु भयो । उहाँले भन्नुभयो, ‘छोटो समयमा देशले रुपान्तरण खोजेको छ ।’

गएको मंसिर ४ गते भएको चुनावमा चितवन २ बाट निर्वाचित रवि लामिछाने नागरिकता मुद्दामा दोषी ठहर भएसँगै सांसद पद खारेज भएपछि यहाँ उपचुनाव हुन लागेको हो ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org