ताजा समाचार

रवि लामिछानेमाथि राहदानी दुरुपयोगमा मुद्दा चलाउनुपर्ने मागसहित रिट दर्ता

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका सभापति रवि लामिछानेमाथि राहदानी दुरुपयोगमा मुद्दा चलाउनुपर्ने मागसहितको रिट सर्वोच्च अदालतमा दर्ता भएको छ ।लामिछानेमाथि मुद्दा चलाउनु नपर्ने महान्यायाधिवक्ताको निर्णयविरुद्ध रिट दायर भएको हो । रिटमा राहदानी दुरुपयोगमा लामिछानेविरुद्ध मुद्दा चलाइनुपर्ने माग गरिएको छ ।

आइतबार युवराज पौडेल सफलले महान्यायाधिवक्ता कार्यालयको निर्णयविरुद्ध सर्वोच्च अदालतमा रिट निवेदन दिएका थिए । रिट निवेदनको अध्ययनपछि सोमबार सर्वोच्च प्रशासनले दर्ता गरेको हो । उक्त रिटमाथिको सुनुवाइका लागि मंगलबारका लागि पेसी तोकिएको छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org