ताजा समाचार

नेपालमा स्वास्थ्य तथा जनसंख्या वैज्ञानिकहरुको शिखर सम्मेलन हुँदै

काठमाडौं । नेपालमा स्वास्थ्य तथा जनसंख्या वैज्ञानिकहरुको नवौं राष्ट्रिय शिखर सम्मेलन हुने भएको छ । नेपाल स्वास्थ्य अनुसन्धान परिषद्ले यही चैत्र २८ र २९ गते काठमाडौंमा सो शिखर सम्मेलनको आयोजना गर्न लागिएको जानकारी गराएको हो ।

‘स्वास्थ्यका लागि अनुसन्धान, कार्यान्वयनका लागि तथ्य अन्वेषण’ भन्ने मूल नाराका साथ आयोजना हुने सो शिखर सम्मेलनको उद्घाटन प्रधानमन्त्री पुष्पकमल दाहालले गर्ने कार्यक्रम पनि तय गरिएको परिषदका सदस्य सचिव डा। प्रदिप ज्ञवालीले बताए ।

सम्मेलनमा विश्व स्वास्थ्य संगठनसहितका स्वास्थ्य तथा जनसंख्या क्षेत्रका वैज्ञानिकहरु, विज्ञहरु र नीति निर्माताहरु सहभागी हुनेछन्। करिब हजार जनाभन्दा बढी विज्ञहरुसँग घनिभूत छलफल गरी सरकारलाई यस क्षेत्रको नीति निर्माणमा सहयोग गर्नु सो शिखर सम्मेलनको मुख्य उद्देश्य रहेको पनि परिषदका सदस्य सचिव ज्ञवालीले बताए ।

शिखर सम्मेलनमा २०१ वटा प्रस्तुति रहेको छ । त्यसमध्ये उत्कृष्ट हुनेलाई अवार्डको समेत व्यवस्था गरिएको पनि परिषदले जनाएको छ । परिषदले सदाझैं यस वर्ष पनि योङ साईन्टिस्ट अवार्ड, हेल्थ रिसर्च अवार्डलगायतका ८ वटा विभिन्न विधाका अवार्डहरु वितरण गर्नेछ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org