ताजा समाचार

प्रतिनिधिसभा बैठक : प्रधानमन्त्रीले लोक सेवाको प्रतिवेदन पेस गर्ने

काठमाडौं । प्रतिनिधिसभा बैठक  आज बस्ने भएको छ । संघीय संसद सचिवालयका अनुसार बैठक दिउँसो १ बजे बस्ने कार्यसूची छ । बैठकमा कार्य व्यवस्था समितिका सदस्यलाई सभामुखले मनोनयन गर्ने कार्यतालिका रहेको छ।

संसद सचिवालयले सार्वजनिक गरेको कार्यसूची नुसार आजको बैठकमा सार्वजनिक सेवा प्रसारण विधेयक २०७८ र सुरक्षण मुद्रण सम्बन्धी विधेयक २०७८ का सबन्धमा राष्ट्रिय सभाबाट प्राप्त सन्देससहितको विधेयक टेबुल हुनेछ।

यसैगरी, प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले लोक सेवा आयोगको ६३ औं बार्षिक प्रतिवेदन पेश गर्ने कार्यतालिका रहेको संघीय संसदको पदाधिकारीले जनाएका छन् ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org