ताजा समाचार

सत्ता गठबन्धनले देशको अर्थतन्त्र ध्वस्त पारेको ओलीको आरोप

काठमाडौं । सत्तारूढ गठबन्धनका कारण देशको अर्थतन्त्र ध्वस्त भएको नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले दाबी गर्नु भएको छ । एमालेको नेतृत्वमा सरकार रहँदासम्म आर्थिक विकास उल्लेख्यरूपमा भइरहेको अवस्थामा गठबन्धनको नेतृत्वमा सरकार बनेपछि देशको अर्थतन्त्र सङ्टकग्रस्त बनेको उहाँको टिप्पणी छ ।

पार्टीको मिसन ग्रासरुट कार्यक्रमअन्तर्गत धादिङको उत्तरी क्षेत्रमा पर्ने पर्यटकीयस्थल रुबी भ्यालीमा आयोजित कार्यक्रमको सम्बोधनका क्रममा अध्यक्ष ओलीले यस्तो बताउनु भएको हो । उहाँले देशको अर्थतन्त्र धान्न नसक्ने अवस्थामा पुगिसकेको डिप्पणी गर्नु भयो ।

रुबी भ्याली जस्तो पर्यटकीय क्षेत्रहरूको विकास र प्रवर्धनमा ध्यान दिनसके आर्थिक अवस्थामा सुधार आउने बताउनुभयो । उहाँले आफू ५० वर्ष अगाडि जेलमा रहँदा नै रुबी भ्यालीको बारेमा सुनेको स्मरणसमेत गर्नुभयो ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org