ताजा समाचार

मिटरब्याज पीडित र सरकारी प्रतिनिधिबीचको वार्ता सकारात्मक

काठमाडौं । आन्दोलनरत मिटरब्याजपीडित र सरकारी प्रतिनिधि बीचको वार्ता सकारात्मक भएको छ । सोमवार गृह मन्त्रालयका सहसचिव प्रदीपकुमार कोइराला संयोजकत्वको टोलीले पीडितहरुसँग गरेको दोस्रो वार्तामा दुवै पक्षबीच सकारात्मक भएको मिटरब्याजपीडित संघर्ष समितिका प्रवक्ता मृग नवीनले पत्रकारलाई जानकार दिनु भयो । उहाँले वार्तामा सरकारी वार्ता टोली र आफूहरुले आआफ्ना धारणा राखेको प्रष्ट पार्नु भयो ।

उहाँले मिटरब्याज अपराध छानबिन समिति र पीडितबीच भएको पाँचबुँदे सहमतिका विषयमा छलफल गरेको पनि जनाउनु भयो । यसअघि पीडितहरुसँग यसअघि भएका सहमति कार्यान्वयन र पछिल्लो पटक संर्घष समितिले पेस गरेका मागका बारेमा दोहोरो संवाद भएपनि सहमति हुन नसकेको बताउनु भयो ।

उनले वार्ता सकारात्मक भएको भन्दै छलफललाई निरन्तरता दिने पक्षमा सरकारी पक्षले आश्वासन दिएको बताए। उनले मंगलवार मिटरब्याजपिडित संघर्ष समितिका संयोजकसहित वार्ता गर्ने गरी वार्ता सकिएको बताए। उनले मिटरब्याजपीडितहरु राज्यले समाधान गर्ने विषयमा संवेदनशील नदेखिएको बताउनु भयो ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org