ताजा समाचार

चाँडै कांग्रेसको नेतृत्वमा सरकार बन्ने देउवाको दाबी

काठमाडौं । नेपाली कांग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले कांग्रेसको नेतृत्वमा चाँडै सरकार बन्ने जनाउनु भएको छ । सरकारमा अहिले कांग्रेस सहभागी भएको र नेतृत्व पनि अब कांग्रेसले नै गर्ने उहाँले बताउनु भयो ।

काठमाडौंमा मंगलबार आयोजित पार्टी निकट नेपाल शिक्षक संघको नवौं संघीय महाधिवेशनमा बोल्दै संयुक्त सरकार भएकाले पार्टीले सोचेअनुसार काम गर्नसक्ने अवस्था नरहेको प्रष्ट पार्नुभयो । आफूहरुले सोचअनुरुप काम गर्न कांग्रेसले संसदमा बहुमत आवश्यक पर्ने पनि जनाउनु भयो ।

सभापति देउवाले कांग्रेसका पक्षमा बहुमत आउने तयारी गर्न पनि पार्टीका नेता, कार्यकर्तालाई निर्देशन दिनु भएको थियो । ‘आज हाम्रो पार्टी सरकारमा छ । भोलि सरकारको नेतृत्व गर्नसक्ने सम्भावना पनि छ । धेरै वर्ष सरकारको नेतृत्व गरेको पनि हो’, उनले भने, ‘तर अहिलेको संविधानअनुसार कुनै पनि पार्टीले बहुमत प्राप्त गर्न सकेको छैन । तैपनि भोलि हामी सबै मिलेर नेपाली कांग्रेसलाई बहुमत ल्याउनेतिर लाग्यौं भने यसले सवैका समस्या समाधा गर्छ । अहिले संयुक्त सरकार भएको हुनाले कति कुरामा काम गर्न समस्या हुन्छ ।’

सभापति देउवाले गठबन्धनबाट आफ्नो पार्टीलाई अगाडि बढ्न बल पुगेको पनि जनाउनु भयो । यस क्रममा उहाँले कांग्रेस अझै बलियो बनाउनुपर्ने र यसका लागि शिक्षकहरूको भूमिका हुनुपर्नेमा जोड दिनु भयो।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org