ताजा समाचार

मन्त्री बन्ने लोभले विलापः सांसद पद र साधारण सदस्यता नै खारेज

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले ढाकाकुमार श्रेष्ठको सांसद पद र साधारण सदस्यता खारेज गर्ने निर्णय गरेको छ ।  बुधवार बसेको केन्द्रीय समितिको बैठकले यस्तो निर्णय गरेको हो ।

मेडिकल व्यवसायी दुर्गा प्रसाईंसँग दुई करोड रुपैयाँ घुस मागेको अडियो सार्वजनिक भएपछि रास्वपाका सांसद ढाकाकुमार श्रेष्ठ निलम्बनमा पर्नुभएको थियो ।

यस्तै पार्टीले श्रेष्ठ र प्रसाईंबीचको टेलिफोन वार्ताका सम्बन्धमा सत्यरतथ्य छानबिन गरी तीन दिनभित्र केन्द्रीय समितिमा प्रतिवेदन पेस गर्न पार्टीको केन्द्रीय अनुशासन तथा आचरण समितिलाई निर्देशन दिएको थियो ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org