ताजा समाचार

प्रधानमन्त्री दाहाल र कानुन व्यवसायीबीच आज भेटघाट हुँदै

काठमाडौं । कानुन व्यवसायीहरुहरु आज (बिहीबार) प्रधानमन्त्री पुष्पकमल दाहाललाई भेट्ने योजना बनाएका छन् । नेपाल बार एशोसिएशन, सर्वोच्च अदालत बार एशोसिएशन र कानुन व्यवसायीहरूले प्रधानमन्त्री दाहाललाई भेट्ने भएका हुन् । काुनन व्यवसायीले प्रधानन्यायाधीशको नियुक्तिका लागि दबाब दिन प्रधानमन्त्री प्रचण्डलाई भेट्न लागेका बुझिएको छ ।

सर्वोच्च बार एशोसिएशनले बुधवार पत्रकार सम्मेलन गरी १० दिनभित्र प्रधानन्यायाधीश नियुक्ति गर्न दबाब दिएको थियो । १० दिनभित्र प्रधानन्यायाधीशको नियुक्ति नभए आफूहरू आन्दोलनमा उत्रिने चेतावनी एशोसिएशनले दिइसकेको छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org