ताजा समाचार

सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकीका पहाडी भूभागमा सामान्य वर्षा

काठमाडौं । देशमा हाल स्थानीय वायुको साथै पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी भूभागमा आंशिक बदली रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

दिउँसो सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशको पहाडी भूभागमा आंशिकदेखि सामान्यतया बदली हुनेछ । बाँकी भूभागमा मौसम सामान्यतया सफा रहने छ। गण्डकी, कर्णाली , सुदूरपश्चिम, बागमती र कोशी प्रदेशका पहाडी भागका एक वा दुई स्थानमा चट्याङ्गसहित क्षणिक वर्षाको सम्भावना रहेको छ।

राति भने गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी भूभागका थोरै स्थानहरूमा तथा बागमती र कोशी प्रदेशका पहाडी भूभागका एक वा दुई स्थानमा चट्याङ्गसहित क्षणिक वर्षाको सम्भावना छ। मधेस र कोशी प्रदेशका तराईका केही स्थानहरूमा हावाहुरीको सम्भावना रहेको छ। हावाहुरीको सम्भावित क्षतिबाट बच्न मौसम विधागले सर्तक गराएको छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org