ताजा समाचार

प्रचण्ड नेतृत्वको म्यादी सरकार आफैं ढल्छ : एमाले अध्यक्ष ओली

कलैयां । नेकपा  एमालेका अध्यक्ष केपी शर्मा ओलीले पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारलाई म्यादी सरकारको संज्ञा दिनु भएको छ । बारा क्षेत्र नम्बर–२ मा आयोजित चुनावी सभामा उहाँले सरकार धेरै नटिक्नेसमेत दाबी गर्नु भयो ।

‘म्यादी सरकार । यो आफैं ढल्छ । हामीले ढाल्छौं भनेको छैन,’ उहाँले भन्नुभयो,’ हामी यो सरकारलाई हात पनि लगाउँदैनौं । आपसमै ठीक भइहाल्छ । धेरै चल्नेवाला होइन, केही दिनको मेहमान हो ।’

अध्यक्ष ओलीले वर्तमान सरकारलाई बिदा गर्नुपर्ने बताउनु भयो । गठबन्धन कायम रहे वृद्धभत्ता समेत कट्टा हुने अध्यक्ष ओलीको भनाइ थियो । ओलीले प्रधानमन्त्री प्रचण्ड, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाल काम छाडेर किन कार्यक्रममा आएको भन्दै प्रश्न समेत गर्नु भयो । आफू सरकारमा हुँदा राम्रा काम गरेको भन्दै तीन नेताले गरेको राम्रो काम के हो र ? भनी ओलीले  प्रश्न गर्नुभयो ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org