ताजा समाचार

बजेटको विषयमा छलफल गर्न कांग्रेस संसदीय दलको बैठक बस्दै

काठमाडौं । नेपाली कांग्रेस संसदीय दलको बैठक बस्दैछ । बानेश्वरस्थित संसद् भवनमा आज पनि कांग्रेस संसदीय दलको बैठक बस्न लागेको हो । बैठक १० बजेका लागि बोलाइएको छ ।

मुख्यतः बजेटको विषयमा छलफल गर्नका लागि कांग्रेसले संसदीय दलको बैठक बोलाएको हो । बैठक हिजो देखी सुरु भएको हो ।

पहिलो दिनको बैठकमा सभापति शेरबहादुर देउवालगायतले बोले पनि बैठकमा धारणा राख्नका लागि अझै पनि सांसद बाँकी रहेपछि आज पनि बैठक बोलाइएको हो । आर्थिक बर्ष २०८०(८१ को बजेट आगामी जेठ १५ गते घोषणा हुँदैछ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org