ताजा समाचार

प्रधानमन्त्री दाहाल र राष्ट्रियसभाका अध्यक्ष तिमिल्सिनाबीच भेटवार्ता

काठमाडौं । प्रधानमन्त्री  पुष्पकमल दाहाल ‘प्रचण्ड’ र राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाबीच भेटवार्ता भएको छ। प्रधानमन्त्री दाहाल र अध्यक्ष तिमिल्सिनाबीच आज (बुधबार) विहान भएको भेटवार्तामा पर्सि शुक्रबार राष्ट्रियसभाको बैठक अन्त्य गर्ने लगभग सहमति भएको बुझिएको छ ।

संवैधानिक परिषद्को काम ,कर्तव्य, अधिकार र कार्यविधि आज प्रतिनिधिसभाबाट पारित हुने छ ।  यस्तै भोलि (बिहीवार) संवैधानिक परिषद्को काम, कर्तव्य, अधिकार र कार्यविधि माथिल्लो सदन राष्ट्रियसभाबाट पारित गर्ने कार्यसूची रहेकोे छ । दुवै सदनबाट संवैधानिक परिषद्सम्बन्धी व्यवस्थामा उल्लेखखित विषय पारित भएसँगै राष्ट्रियसभाको वैठक अन्त्य हुने भएको छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org