ताजा समाचार

राष्ट्रपति पौडेल आज डिस्चार्ज हुने

काठमाडौं । भारतमा उपचाररत राष्ट्रपति रामचन्द्र पौडेल आजसम्म  डिस्चार्ज हुने नयाँ दिल्लीमा रहेको नेपाली दूतावासले जनाएको छ ।

नयाँ दिल्लीमा रहेको अखिल भारतीय आयुर्विज्ञान संस्थान एम्समा उपचाररत राष्ट्रपति पौडेलको स्वास्थ्यमा राम्रो सुधार भएकोले भोलिसम्म डिस्चार्ज हुने सम्भावना रहेको दूतावासको विज्ञप्तिमा उल्लेख छ ।

पेट र छातीमा समस्या देखिएपछि पौडेललाई उपचारको लागि वैशाख ६ गते दिल्ली लगिएको हो ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org