ताजा समाचार

वीर अस्पतालकी स्टार्फ नर्स चिकित्सकको कोठामा मृत फेला

काठमाडौं । काठमाडौँको वीर अस्पतालमा कार्यरत स्टाफ नर्स अनुमा श्रेष्ठ काठमाडौँ महानगरपालिका–१६ बोहराटारस्थित एकजना चिकित्सकको कोठामा मृत भेटिएकी छिन् । जिल्ला प्रहरी परिसर काठमाडौँका प्रहरी उपरीक्षक सीताराम रिजालका अनुसार शनिबार अपराह्न उक्त घटना भएको हो । घटनाबारे प्रहरीलाई ४ बजे खबर भएको तर हालसम्म शव घटनास्थलमै रहेको प्रहरीको भनाइ छ ।

उहाँले कोसी अस्पतालमा कार्यरत डा. सुजन ढकालको कोठामा उनी मृत भेटिएको जानकारी दिनुभयो । घटनास्थलमा सुसाइड नोट फेला परेको र त्यसमा बाँच्न मन नभएको उल्लेख भएको प्रहरीले जनाएको छ । प्रहरीले आपसी सम्बन्धका कारण घटना भएको हुनसक्ने अनुमान गरेको छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org