सारङ्गी संस्कृति लोप हुँदै, गन्धर्व समुदायका ज्येष्ठ नागरिक चिन्तित
काठमाढौं । सारङ्गी संस्कृति र गायन हराउन थालेपछि गन्धर्व समुदायका ज्येष्ठ नागरिक चिन्तित हुन थालेका छन् । पश्चिमा संस्कृतिको प्रभावले नेपाली संस्कृति ओझेलमा पर्दै गएपछि यसको संरक्षण हुनुपर्ने उनीहरूको भनाइ छ ।
पोखरा बाटुलेचौरका खिमबहादुर गन्धर्व ८८ वर्ष पुग्नुभयो । उमेर छँदा सारङ्गी बजाएर गाउँदै हिँडेको उहाँलाई निकै याद आउँछ । उहाँ लोक गायक झलकमान गन्धर्वका साथी पनि हुनुहुन्छ । उहाँलाई पछिल्लो समय सारङ्गी वादन हराउँदै जान थालेकोमा चिन्ता लाग्छ । ‘अहिलेका केटाहरू गीतार, हार्मोनियम, किबोर्ड केके भन्छन् । यस्तै छ सिक्न त्यति सारो रुचि गर्दैनन्’, खिमबहादुरले भन्नुभयो, ‘सारङ्गी त हाम्रो संस्कृति हो नि । त्यही भएर हराउँछ की भन्ने साह्रै चिन्ता लाग्छ ।’
सिक्न चाहनेका लागि सिकाउन आफू तत्पर रहेको उहाँले सुनाउनुभयो । ‘अलि अलि चासो लिएर आउनेलाई सिकाउने गरेको छु’, उहाँले भन्नुभयो, ‘गीत गाउन त घाँटीले साथ दिँदैन । सारङ्गी लिएर यसो गर उसो गर भनेर भन्न सक्छु । अनि सिकाउँछु पनि ।’ गोरखा नगरपालिका–७ धारापानीका मङ्गलप्रसाद गान्धारी पनि युवापुस्ताले सारङ्गी बजाउन नखोज्ने बताउनुहुन्छ । ‘हाम्रा पालामा सारङ्गी बोकेर घटना सुनाउन कता कता पुगिन्थ्यो । अहिले त त्यो छैन’, मङ्गलप्रसादले भन्नुभयो, ‘हामी जसरी गाउँ गाउँ नहिँडे पनि बजाउन मात्रै सिकिदिए नि हुन्थ्यो भन्ने हुन्छ ।’
गन्धर्व संस्कृति जोगाउन यसको महत्व बुझाउनुपर्ने गान्धारीको भनाइ छ । संस्कृति जोगाउनका लागि सरकारले बजेट छुट्याए पनि आफ्ना समुदाय माग गर्नै नजाने उहाँले बताउनुभयो । ‘यसलाई जोगाउन हाम्रो संंस्कृतिको महत्वबारे नयाँ पुस्तालाई बुझाउनुपर्छ’, उहाँले भन्नुभयो, ‘सरकारले बजेट त छुट्याएको हुन्छ नि हाम्रो मान्छेहरू माग गर्नै जान्नन् ।’
तनहुँकी २२ वर्षीया अरुणा गन्धर्व हराउँन थालेको सारङ्गी संस्कृति जोगाउन तल्लिन हुनुहुन्छ । उहाँले सारङ्गी बजाउन थालेको सात वर्ष भयो । अहिले उहाँले जानेको सीप स–साना भाइबहिनीलाई पनि सिकाउन व्यस्त हुनुहुन्छ । तनहुँ जामुने क्षेत्रमा सारङ्गी वादनमा अझ सक्रिय भएर लाग्ने अरुणाको प्रतिबद्धता छ । ‘बाबाहरूले गाउनु हुन्थ्यो । मैले पनि बीचमा वास्ता गरेको थिइन् । पछि हाम्रो संस्कृति जोगाउन हामी नै लाग्नुपर्छ भन्ने मनमा जाग्यो अनि सिकेर बजाउँदै आएको छु’, अरुणाले भन्नुभयो । युवापुस्ताले संस्कृति जोगाउन ध्यान नदिने हो भने लोप भएर जाने उहाँको तर्क थियो ।
नेपाल गन्धर्व समुदाय विकास केन्द्रका अध्यक्ष सूर्यबहादुर गायकले सारङ्गी वादन संस्कृति जोगाउन आफूहरू प्रयासरत रहेको जानकारी नदिनुभयो । युवापुस्ताले हाम्रो संस्कृति मङ्गल, महाल, कर्खा, मालश्री, नौराग, बाह्रमासे गीत बिर्सदै गएकोमा उहाँले चिन्ता व्यक्त गर्नुभयो । ‘हाम्रो संस्कृति जोगाउन यो वर्ष सारङ्गी वादन प्रतियोगीता ग¥यौँ’, अध्यक्ष सूर्यबहादुर गायकले भन्नुभयो, ‘सात वर्षभन्दा माथिका बच्चाहरूलाई सारङ्गी वादन तालिम दिइरहेका छौँ ।’ सारङ्गी बजाउन जानिसकेकालाई गन्धर्व गीतको प्रशिक्षण दिइरहेको उहाँले सुनाउनुभयो ।
Comments
अरु समाचार
-
Nepal–China Investment Symposium Emphasizes Economic Cooperation and Investment Growth
Kathmandu,16 Dec : Nepal’s Finance Minister, along with leading industrialists and business representatives, has called upon Chinese entrepreneurs and business...
-
खगेन्द्रप्रसाद र रुद्रकली भैरहवा पुगे, बुधबार कतार उड्ने !
काठमाडौं । नेपाल सरकारले कतारलाई उपहारस्वरुप प्रदान गरेका खगेन्द्रप्रसाद र रुद्रकली हात्ती मंगलबार बिहान भैरहवा आइपुगेका छन् । सोमबार मध्यान्ह...
-
हर्षल पाठक नेपाली महिला क्रिकेट टीमको मुख्य प्रशिक्षक नियुक्त
काठमाडौं । हर्षल पाठक नेपाली महिला राष्ट्रिय क्रिकेट टीमको मुख्य प्रशिक्षक नियुक्त भएका छन् । उनलाई क्यानले मुख्य प्रशिक्षक नियुक्त...
-
विशेष परिस्थिति सिर्जना भएपछि उम्मेदवारी फिर्ताः राजेन्द्र गाैतम
काठमाडाैं । एमालेको ११ औं महाधिवेशनमा उपमहासचिव पदमा स्वतन्त्र उम्मेदवारी दिएका राजेन्द्र गाैतमले उम्मेदवारी फिर्ता लिएका छन् । विशेष आग्रहपछि...
-
लुम्बिनी विकास कोषको सदस्य सचिव बनेका दीपकले मिचे कानून, भएको के हो ?
काठमाडौं । लुम्बिनी विकास कोषको सदस्य सचिवमा मनोनय भएका नेपाल खानेपानी सस्थानका आठौ तहका इन्जिनियर दिपक श्रेष्ठले संस्थानको जिम्मेवारीबाट राजिनामा...
-
एमाले ११ औं महाधिवेशनः उम्मेदवारको अन्तिम नामावली सार्वजनिक, को-को छन ?
काठमाडाैं । काठमाडौँको भृकुटीमण्डपमा जारी नेकपा एमालेको ११औँ महाधिवेशनअन्तर्गत उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरिएको छ। पार्टीको निर्वाचन आयोगले विभिन्न पदका...
-
ओली घेराबन्दीमा पर्दा राजेन्द्र गाैतम बने उपमहासचिवका स्वतन्त्र उम्मेदवार, थालियो मत माग्न
काठमाडाैं । नेकपा एमालेको ११ औं महाधिवेशनमा संखुवासभाका भद्र नेता राजेन्द्रप्रसाद गाैतम स्वतन्त्रबाट उपमहासचिवको उम्मेदवार बनेका छन् । एमाले अध्यक्ष...
-
उपाध्यक्षमा प्रस्तावित ज्ञवालीले किन दिए केन्द्रीय सदस्यमा उम्मेदवारी ?
काठमाडौं । नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले उपाध्यक्षमा उम्मेदवारी मनोनयन गर्न अश्वीकार गरेका छन् । अध्यक्ष केपी शर्मा ओलीको टिमबाट...
-
एसिया कप : बंगलादेशविरुद्ध ब्याटिङ गर्दै नेपाल
काठमाडौं । एसिसी यु–१९ एसिया कप क्रिकेट प्रतियोगिताअन्तर्गत दोस्रो खेलमा नेपालले बंगलादेशविरुद्ध सुरुमा ब्याटिङ गर्दैछ। टस जितेर बंगलादेशले फिल्ड रोजेपछि...












