ताजा समाचार

रविजीको ड्राइभर शम्मु भाइको हत्या भएको नहोस् : महेस बस्नेत

काठमाडौं । घरको छतबाट खसेर गम्भीर घाइते भएका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेका चालक दिलबहादुर थापा (शम्भु) को मंगलबार निधन भएको छ । थापा उप-निर्वाचनको समयमा चितवनस्थित लामिछानेको घरको तेस्रो तलाबाट खसेर गम्भीर घाइते हुनु भएको थियो ।

चालक थापाको काठमाडौंमा उपचारका क्रममा निधन भएको हो । तर सभापति लामिछानेका चालक थापाको छतबाट लडेर गम्भीर घाइते भइ मृत्यु भएको घटनाप्रति विभिन्न प्रतिक्रिया आइरहेका छन् । सामाजिक सञ्जालमा विभिन्न व्यक्तिहरुले घटनाको सम्बन्धमा पार्टीले यर्थाथ कुरा बाहिर ल्याउनु पर्नेमा जोड दिइएको छ ।

यसैबीच, नेकपा एमालेका नेता महेश बस्नेतले चालक थापाको हत्या भएको नहोस् र कसैले आत्महत्याको दुरुत्साहन पनि नगरेको होस् भन्ने जनाउनु भएको छ । नेता बस्नेतले सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै रास्वपाका सभापति लामिछानेलाई गुडलक र मृतक थापाप्रति हार्दिक श्रद्धान्जली भन्नु भएको छ । नेता बस्नेतले लेख्नु भएको स्टाटसप्रति विभिन्न कमेन्ट्सहरु लेखिएका छन् ।

नेता बस्नेत सामाजिक सञ्जालमा लेख्नुहुन्छ, रविजीको ड्राइभर शभ्मु भाइको हत्या भएको नहोस् । आत्महत्या भएको होस् । कसैले आत्महत्या दुरुत्साहन नगरेको होस् । अझ दुर्घटना भएको होस् । गुडलक रविजी र रास्वपा । हार्दिक श्रद्धान्जली शम्भु थापा भाइ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org