ताजा समाचार

राष्ट्रपतिद्वारा दुवै सदनको अधिवेशन आह्वान

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसदको दुवै सदनको अधिवेशन आह्वान गर्नु भएको छ । बैठक वैशाख २४ गते आइतबार अपराह्न ४ बजेका लागि नयाँ बानेश्वरस्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा आह्वान गरिएको संघीय संसदका महासचिव डा. भरतराज गौतमले जानकारी दिनु भएको छ ।

नेपालको संविधानको धारा ९३ को उपधारा (१) बमोजिम संघीय संसदको दुवै सदनको अधिवेशन आह्वान भएको सूचनामा उल्लेख छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org