ताजा समाचार

नवनियुक्त तीन मन्त्रीको शपथ ग्रहण आज हुँदै

काठमाडौँ । नवनियुक्त तीन मन्त्रीको शपथ ग्रहण आज (बिहीवार) हुने भएको छ । राष्ट्रपति रामचन्द्र पौडेलका परराष्ट्र सल्लाहकार सुरेश चालिसेले नवनियुक्त मन्त्रीको सपथ आज दिउँसो ३ बजे हुने सञ्चारमाध्यमलाई जानकारी दिनु भएको छ ।

राष्ट्रपति पौडेलले हिजो (बुधबार) प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको सिफारिसमा कांग्रेस उपसभापति धनराज गुरुङलाई कानुन, केन्द्रीय सदस्य मोहन बस्नेतलाई स्वास्थ्य र कांग्रेस मोरङ जिल्ला सभापति डिगबहादुर लिम्बुलाई युवा तथा खेलकुद मन्त्रीमा नियुक्त गर्नु भएको थियो । बस्नेत कांग्रेस सभापति देउवा निकट हुन् भने गुरुङ र लिम्बु नेता शेखर कोइराला निकट मानिन्छन् ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org