ताजा समाचार

संखुवासभामा हेलिकप्टर दुर्घटना, क्याप्टेनसहित तीनजना घाइते

काठमाडौं। काठमाडौं। संखुवासभामा हेलिकोप्टर दुर्घटना हुँदा तीनजना गम्भीर घाइते भएका छन् । दुर्घटनामा क्याप्टेन सुरेन्द्र पौडेल, कोपाइलट टिम मेम्बर छिरिङ भोटे र स्थानीय भविन गुरुङ घाइते भएका हुन् । उनीहरुलाई नेपाली सेनाको टोलीले उद्धार गरेर उपचारका लागि पठाएको छ । बाँकी दुईजनाले फाल हानेर ज्यान जोगाएको वडाध्यक्ष विकास तामाङले जनाउनु भयो ।

माथिल्लो अरुण हाइड्रो पावरका सामान गोला भन्ने स्थानबाट सिप्रुङ भन्ने स्थानमा लैजाँदै गर्दा भोटखोला गाउँपालिका वडा नम्बर –४ सिप्रुङमा हेलिकोप्टर दुर्घटनामा परेको वडाअध्यक्ष तामाङले जनाउनु भयो । घटनास्थलमा रहेका तामाङले हेलिकोप्टरको पंखा पहाडको भित्तामा ठोक्किएर दुर्घटनामा भएको जानकारी दिनु भयो । घटनास्थलमा नेपाली सेना, नेपाल प्रहरी र स्थानीयवासी उद्धारमा खटिएका छन् ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org