ताजा समाचार

‘सडक आश्रित मानवमुक्त नेपाल’ बनाउन सरकारको सक्दो प्रयास’

काठमाण्डौ । उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले सरकारले ‘सडक आश्रित मानवमुक्त नेपाल’ बनाउन सक्दो प्रयत्न गर्ने बताउनु भएको छ । शनिबार बिहान काठमाण्डौको बनस्थलीमा रहेको मानव सेवा आश्रममा पुग्नुभएका उहाँले त्यसलाई निरन्तरता दिन र अझ उचाईमा पुर्‍याउने काममा पनि सरकारले सक्दो सहयोग गर्ने आश्वासन दिनु भयो ।

उपप्रधानमन्त्री श्रेष्ठले मानव सेवा आश्रमको सहयोगका लागि त्यहाँका पदाधिकारीहरुसँग प्रधानमन्त्री पुष्पकमल दाहालको भेट आजभोलि नै गराउने पनि बताउनु भयो ।उहाँले प्रधानमन्त्री दाहालले राम्रो कामलाई आत्मासात गर्दै सकेको सहयोग गर्ने नीति लिएको उल्लेख गर्दै सो आश्रमले गरेको मानवीय सेवा संचालनमा ल्याई राख्न सहयोग गर्ने विश्वास व्यक्त गर्नु भयो । मानवीय सेवा महान सेवा भएको भन्दै उपप्रधानमन्त्री श्रेष्ठले त्यसलाई मर्न नदिन सरकार र आफू व्यक्तिगत रुपमा पनि लागिपर्ने प्रतिवद्धता व्यक्त गर्नु भयो ।

उपप्रधानमन्त्री श्रेष्ठले मानव सेवा आश्रमको सहयोगका लागि आफूले प्रमुख राजनीतिक दलका नेतृत्वसँग पनि छलफल गर्ने बताउनु भयो । उहाँले मानवीय सेवाको काममा सबैले साथ, सहयोग र सम्मान गर्नुपर्ने स्मरण गराउनु भयो । त्यस अवसरमा आश्रमका संस्थापक रामजी अधिकारीले आफूहरुले अवको दुई वर्षभित्र सहयोगापेक्षी सडक आश्रित मानवमुक्त नेपाल बनाउने गरी काम गरिरहेको जानकारी उपप्रधानमन्त्री श्रेष्ठलाई गराउनु भएको थियो ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org