ताजा समाचार

पूर्वगृहमन्त्री खाण पक्राउ सम्बन्धमा कांग्रेसले आज निर्णय गर्दै

काठमाडौं । नेपाली कांग्रेसले नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका केन्द्रीय सदस्य बालकृष्ण खाँणलाई निलम्बन गर्ने कि नगर्नेबारे आज पनि छलफल गर्ने भएको छ ।  हिजो बुधबार खाण पक्राउ परेपछि कांग्रेस सभापति शेरबहादुर देउवाले पार्टीका शीर्ष नेताहरुलाई छलफलमा बोलाएका थिए ।

छलफलका क्रममा अनुसन्धानका लागि हिरासतमा लिइएका केन्द्रीय सदस्य खाँणलाई पार्टीको जिम्मेवारीबाट निलम्बन गर्ने कि नगर्ने विषय उठेको बैठकमा सहभागी एक नेताले बताए ।

तर बैठकमा सहमति नजुटेपछि पुन: आज बिहीबार बैठक बस्ने गरी बुधबारको बैठक सकिएको हो । बुधबारको बैठकमा महामन्त्रीहरु गगन थापा र विश्वप्रकाश शर्माले खाँणलाई निलम्बन गर्नुपर्ने धारणा राखेका स्रोतको दाबी छ । यद्यपि आज यो विषयमा पदाधिकारी र पूर्वपदाधिकारीको बैठकमा पुन: छलफल गर्ने तय भएको हो ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org