नेप्से परिसूचकमा झिनो अंकको गिरावट
काठमाडौं । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज झिनो अङ्कले ओरालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक तीन दशमलव ३४ अङ्कले ओरालो लागेर एक हजार आठ सय ३८ दशमलब ५९ मा सीमित भएको छ ।
ठूला कम्पनीको शेयर कारोबारमापन गर्ने सेन्सेटिभ परिसूचक शून्य दशमलब ७१ अङ्कले ओरालो लागेर तीन सय ५३ दशमलब शून्य नौ मा सीमित भएको छ । कारोबार भएका कूल १३ कम्पनीमध्ये तीन कम्पनीको शेयर मूल्य उकालो लाग्दा १० उपसमूहको शेयर भने ओरालो लागेको छ । कूल २१ लाख पाँच हजार छ सय ५७ कित्ता शेयर रु ५७ करोड ८८ लाख ४१ हजार पाँच सय ९३ मूल्यमा खरिद बिक्री भएको छ । कूल ६४ कम्पनीको शेयर मूल्य उकालो लाग्दा एक सय ३४ कम्पनीको शेयर मूल्यमा भने गिरावट आएको छ ।
कारोबारका आधारमा नेपाल दूरसञ्चार कम्पनी शीर्ष स्थानमा छ । सो कम्पनीको रु तीन करोड १५ लाख छ हजार तीन सय ६३ बराबरको शेयर कारोबार भएको छ ।ग्लोबल आइएमई बैंकको संस्थापक शेयर रु दुई करोड ७० लाख ८४ हजार आठ सय चार, शिवम् सिमेन्ट रु एक करोड ८० लाख ३७ हजार सात सय ५२, हिमाल दोलखा हाइड्रोपावर रु एक करोड ७७ लाख ६३ हजार चार सय १० र हिमालयन डिस्टिलरीको रु एक करोड ६८ लाख ७८ हजार सात सय पाँच बराबरको कारोबार भई शीर्ष पाँचभित्र पर्न सफल भएका छन् ।
नेप्सेका अनुसार आत्मनिर्भर लघुवित्त छ दशमलब १०, सिटिजन म्युचुअल फण्ड पहिलो पाँच दशमलब ८९, मनकामना स्मार्ट लघुवित्त पाँच दशमलब ७१, इस्र्टन हाइड्रोपावर पाँच दशमलब ६६ र कुमारी इक्विटी फण्डको शेयर मूल्य पाँच प्रतिशतले बढेको छ ।
त्यस्तै, फरवार्ड माइक्रोफाइनान्स पाँच दशमलब ९९, बाराही हाइड्रोपावर पाँच दशमलब ५२, एशियन हाइड्रोपावर पाँच दशमलब ५२, बलेफी हाइड्रोपावर चार दशमलब ३५ र पञ्चकन्या माई हाइड्रोपावरको शेयर मूल्य चार दशमलब ३४ प्रतिशतले घटेको छ ।
Comments
अरु समाचार
-
ओली घेराबन्दीमा पर्दा राजेन्द्र गाैतम बने उपमहासचिवका स्वतन्त्र उम्मेदवार, थालियो मत माग्न
काठमाडाैं । नेकपा एमालेको ११ औं महाधिवेशनमा संखुवासभाका भद्र नेता राजेन्द्रप्रसाद गाैतम स्वतन्त्रबाट उपमहासचिवको उम्मेदवार बनेका छन् । एमाले अध्यक्ष...
-
उपाध्यक्षमा प्रस्तावित ज्ञवालीले किन दिए केन्द्रीय सदस्यमा उम्मेदवारी ?
काठमाडौं । नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले उपाध्यक्षमा उम्मेदवारी मनोनयन गर्न अश्वीकार गरेका छन् । अध्यक्ष केपी शर्मा ओलीको टिमबाट...
-
एसिया कप : बंगलादेशविरुद्ध ब्याटिङ गर्दै नेपाल
काठमाडौं । एसिसी यु–१९ एसिया कप क्रिकेट प्रतियोगिताअन्तर्गत दोस्रो खेलमा नेपालले बंगलादेशविरुद्ध सुरुमा ब्याटिङ गर्दैछ। टस जितेर बंगलादेशले फिल्ड रोजेपछि...
-
एमाले महाधिवेशन : ओली र पोखरेलका उम्मेदवार, कुन पदमा को–को भिड्दै छन् ?
काठमाडौं । नेकपा एमालेमा ११ औं महाधिवेशनमा भिड्ने दुवैतर्फका पदाधिकारीहरूको टुंगो लागेको छ । पदाधिकारीमा अध्यक्ष केपी ओलीको संस्थापनले १९...
-
एमाले महाधिवेशन : चुनावी प्रक्रिया सुरु !
काठमाडौं । काठमाडौंमा जारी नेकपा एमालेको एघारौं राष्ट्रिय महाधिवेशनको चुनावी प्रक्रिया सुरु भएको छ । सल्लाघारीमा उद्घाटन भएको महाधिवेशनको भृकुटीमण्डपमा...
-
एमाले केन्द्रीय सदस्यमा अम्बिरबाबु गुरुङको उम्मेदवारी घोषणा
काठमाडौं । नेकपा एमालेको ११ औ महाधिवेशनमा केन्द्रीय सदस्यमा अम्बिरबाबु गुरुङले उम्मेदवारी घोषणा गरेका छन् । करिब ४ दशक लामो...
-
न्यायाधीशमाथिको आक्रमण पूर्वाग्रह र प्रतिशोधपूर्णः न्यायाधीश समाज नेपाल
काठमाडौं । न्यायाधीश समाज नेपालले मुद्दामा भएको फैसलाकै आधारमा न्यायाधीशमाथि गरिँदै आएको टिप्पणी पूर्वाग्रहपूर्ण र प्रतिशोधपूर्ण भएको जनाएको छ। समाजले...
-
एमाले महाधिवेशनमा नयाँ नेतृत्व चयन गर्न आज उम्मेद्वारी दर्ता
काठमाडौं । नेकपा (एमाले) को ११ औँ राष्ट्रिय महाधिवेशनमा नयाँ नेतृत्व चयनको प्रक्रिया सुरु भइसकेको छ । निर्वाचन समितिले सार्वजनिक...
-
निर्वाचन ८० दिन बाँकी : चुनावी खर्च पारदर्शी बनाउने आयोगको प्रस्ताव
काठमाडौं । निर्वाचन आयोगले आगामी फागुन २१ गतेका लागि तय गरेको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि तय गरेको र हाल राय...












