ताजा समाचार

प्रतितोला ५०० रुपैयाँले घट्याे सुनको भाउ

काठमाडैं । नेपाली बजारमा सुनको भाउ आज तोलामा ५०० रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ९ हजार २०० रुपैयाँमा झरेको छ ।

यसैगरी, तेजाबी सुन प्रतितोला एक लाख ८ हजार ७०० रुपैयाँमा कारोबार भइरहेको छ । सुनको भाउ आज तेस्रो दिन निर‍न्तर ओरालो लागेको हो।

चाँदीको भाउ भने निरन्तर दुई दिनदेखि स्थिर रहेको छ । जसअनुसार प्रतितोला एक हजार ३७० रुपैयाँ कायम रहेको छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org