ताजा समाचार

चीन विश्वमै सबैभन्दा धेरै कार निर्यात गर्ने मुलुक बन्यो

काठमाडौं। उत्तरी छिमेकी चीन कार निर्यात गर्ने पहिलो मुलुक बनेको छ ।चीन जापानलाई उछिन्दै कार निर्यात गर्ने पहिलो मुलुक बनेको हो । सार्वजनिक एक तथ्याङ्कअनुसार जापान भन्दा झन्डै १ लाख बढी कार निर्यात गरेर चीन पहिलो मुलुक बनेको हो ।

एक आर्थिक रिपोटअनुसार यस वर्षको पहिलो त्रैमासिकमा १० लाख ७ हजार कार निर्यात गरेर चीनले यो रेकर्ड बनाएको छ । यसै आर्थिक वर्षको पहिलो ३ महिनामा ९ लाख ५४ हजार १ सय ८५ कार मात्र निर्यात गरे पछि जापान भने दोस्रो स्थानमा झर्न पुगेको छ ।

चीनले पहिलो त्रैमासिकमा गरेको यो पछिल्लो कार निर्यातको तथ्याङ्क गत वर्षको तुलनामा ६ प्रतिशतले बढी हो । विद्युतीय कारले क्रमशः लोकप्रियता बढाउँदै लगेको र यसैबीचमा रुसमा कारको माग बढेसँगै चीनको निर्यात बढ्न पुगेको जनाइएको छ ।

गत वर्ष मात्र चीनले युरोपियन मुलुक जर्मनीलाई उछिन्दै कार निर्यातमा गर्ने विश्वको दोस्रो मुलुक बन्न सफल भएको थियो । बीबीसीका अनुसार चीनले सन् २०२२ मा ३२ लाख गाडी निर्यात गरेर जर्मनीलाई तेस्रो स्थानमा झारेर दोस्रो स्थानमा उक्लन सफल भएको थियो ।

जर्मनीले सो आर्थिक वर्षमा २६ लाख मात्र गाडी निर्यात गरे पछि तेस्रो स्थानमा झरेको हो । सन् २०२२ को पहिलो ३ महिनाको तुलनामा चीनले ५८ प्रतिशत बढी कार निर्यात गरेको थियो ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org