सञ्चार विधयक छिट्टै ल्याउछौँ : मुख्यमन्त्री पाण्डे
काठमाडौं । गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले प्रदेश सरकारले सञ्चार विधयक छिट्टै ल्याउने तयारी गरेको बताउनुभएको छ । प्रेस युनियन कास्कीको १०औँ जिल्ला अधिवेशनलाई आज सम्बोधन गर्दै उहाँले भन्नुभयो, ‘गण्डकी प्रदेशमा कार्यरत सञ्चारकर्मीसँगको छलफलबाट नै सञ्चार विधयक ल्याई पास गर्ने तयारीमा छौँ ।’
मर्यादित पत्रकारिता आजको आवश्यकता भएको बताउँदै मुख्यमन्त्री पाण्डेले पछिल्लो समय पत्रकारिताका नाउँमा व्यक्तिको चरित्रहत्या गर्ने काम भएको र सञ्चारकर्मीले गम्भीर तथा सोच विचारका साथ कलम चलाउनुपर्नेमा उहाँको जोड छ । सङ्घीयता विरोधी गतिविधि चलिरहेको वर्तमान अवस्थामा सञ्चारकर्मीले सङ्घीयता र लोकतन्त्रको पक्षमा कलम चलाउन आवश्यक रहेका बताउँदै उहाँले पत्रकारले त्यस्ता गतिविधिलाई मलजल हाल्ने किसिमले कलम नचलाउनसमेत आग्रह गर्नुभयो ।
समाजलाई बाटो देखाउने पत्रकारले जुनसुकै अवस्थामा पनि सत्थ्य, तथ्य र निष्पक्ष रुपमा समाचार सम्प्रेषण गर्न छाड्न नहुने उहाँले बताउनुभयो । प्रत्रकारितामा शुद्धिकरणको आवश्यकता पनि देखिएकाले त्यसतर्फ पत्रकार महासङ्घको ध्यान जान आवश्यक भएको कुरा उहाँले औँल्याउनुभयो । ‘गलत प्रवृत्तिबाट गरिने पत्रकारिताको नियमन हुन जरुरी छ’, उहाँले भन्नुभयो, ‘सरकारका गलत कुरालाई गलत र सहीलाई सही भनेर सूचना जनतासम्म पुयाउने काम सञ्चारकर्मीले गर्नुपर्छ ।’
सो अवसरमा नेपाली कांग्रेस गण्डकीका अध्यक्ष शुक्रराज शर्मा, नेपाल पत्रकार महासङ्घका केन्द्रीय सदस्य सरिता तिमिल्सेना, प्रेस युनियनका केन्द्रीय अध्यक्ष शिव लम्साल, पुरस्कृत व्यक्तित्व विमला भण्डारी, पत्रकार गङ्गाधर पराजुली लगायतले प्रेस स्वतन्त्रता र श्रमजीवी पत्रकारको हकहितका बारेमा बोल्नुभएको थियो ।
प्रेस युनियन कास्कीका कार्यबाहक अध्यक्ष रविना आलेको अध्यक्षतामा भएको उक्त कार्यक्रममा प्रेस युनियन कास्कीद्धारा प्रदान गरिने विभिन्न पुरस्कारद्वारा पत्रकार रवीन्द्र बाँस्तोला, बिमला भण्डारी, रमेश पौडेल र नवीन सिग्देललाई सम्मान गरिएको थियो ।
Comments
अरु समाचार
-
प्रस्तावित प्रधान न्यायाधीश र दुई राजदूतमाथि उजुरी आह्वान
काठमाडौं । संसदीय सुनुवाइ समितिले प्रस्तावित प्रधान न्यायाधीश र दुई राजदूतमाथि सुनुवाइका लागि उजुरी आह्वान गरेको छ । समितिको आज...
-
आज चारवटा संसदीय समितिको बैठक बस्दै
काठमाडौं । आज चारवटा संसदीय समितिको बैठक बस्दैछ। जस अनुसार बिहान ११ बजे शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक...
-
संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुन प्रधानमन्त्री ओली न्यूयोर्क प्रस्थान
काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओली संयुक्त राज्य अमेरिकाको न्यूयोर्क प्रस्थान गरेका छन् । शुक्रबार बिहान प्रधानमन्त्री ओली संयुक्त राष्ट्रसंघको महासभामा...
-
विदेशी मुद्रा विनिमय दर कति ? युरो र पाउण्डको मूल्य बढ्यो
काठमाडौँ : बिहीबारको तुलनामा आज शुक्रबार अमेरिकी डलरको मूल्यमा गिरावट आएको छ भने युरो र पाउण्ड स्ट्रलिङको मूल्य बढेको छ...
-
राष्ट्रसंघ महासभाको अधिवेशनमा भाग लिन प्रधानमन्त्री न्यूयोर्क जाँदै
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओली संयुक्त राज्य अमेरिकाको न्यूयोर्कस्थित संयुक्त राष्ट्रसङ्घको मुख्यालयमा भइरहेको संयुक्त राष्ट्रसङ्घ महासभाको ७९औँ अधिवेशनमा भाग...
-
‘‘संविधानको पूर्ण कार्यान्वयन भए जनताको निराशा हटनेछ’’: मन्त्री गुरुङ
काठमाडौं । संविधान कार्यान्वयनका नौ वर्षलाई हेर्दा निराश हुनुपर्ने अवस्था छैन । विश्वका अन्य देशमा नयाँ संविधान बनिसकेपछिको अभ्याससँग तुलना...
-
संवैधानिक स्वतन्त्रताको उपभोग गरेर भविष्य सुरक्षित गर्नुपर्नेमा प्रधानमन्त्रीको जोड
काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले संविधानले दिएको स्वतन्त्रताको उपभोग गरेर भविष्य सुरक्षित गर्नुपर्ने बताएका छन् । संविधान दिवसका अवसरमा आज...
-
संविधानको मर्मअनुरुप काम गर्नुपर्छः मुख्यमन्त्री कार्की
काठमाडौं । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले संविधानको मर्मअनुरुप कार्यसम्पादन गर्नुपर्नेमा जोड दिएका छन् । साथै उनले मुलुकलाई सामाजिक न्यायसहित...
-
जम्मू–कश्मीर विधानसभा चुनावमा ५९.१९ प्रतिशत मतदान
दिल्ली । जम्मू–कश्मीरमा बुधबार भएको विधानसभा चुनावको पहिलो चरणमा साँझ पाँच बजेसम्म ५९ दशमलव १९ प्रतिशत मतदान भएको छ ।...