भरतपुर महानगरको झण्डा सगरमाथामा
काठमाडौं । भरतपुर महानगरपालिकाको झण्डासर्वोच्च शिखर सगरमाथामा फहराइएको छ । गाइड नरेन ठकुरी र सहायक चेतन भोटेले महानगरको झण्डा सगरमाथामा फहराउनुभएको हो । भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले महानगरपालिकाको विकास र समृद्धिको अभियानलाई सफल बनाउन सर्वोच्च शिखर सगरमाथामा भरतपुर महानगरपालिकाको झण्डा फहराइएको बताउनुभयो ।
देशका पालिकाहरुमा सबै सूचकहरुमा अग्रणी रहेको महानगरपालिकाको झण्डालाई सर्वोच्च शिखरमा फहराएर विश्वभर विकासको सन्देश प्रवाह गरेको उहाँको भनाइ छ । भरतपुर महानगरपालिकाले सन् २०२४ लाई भरतपुर भ्रमण वर्ष मनाउँदै छ । यी गतिविधि महानगरको पर्यटन प्रबद्र्धनका लागि समेत सहयोगी हुने उहाँको भनाइ छ । देशकै मध्यभागमा रहेको भरतपुर महानगर पर्यटकीय गन्तव्यका रुपमा परिचित छ ।
सगरमाथामा महानगरको झण्डा फह¥याउने यस अभियानको संयोजन गर्नुभएका महानगरका विज्ञ प्रेस सल्लाहाकार सुरेशचन्द्र अधिकारीले सगरमाथा पुगेको टोली झण्डा गाडेर काठमाडौँ फर्किएको बताउनुभयो । टोलीलाई महानगरपालिकाले बिदाईगरेको थियो ।
Comments
अरु समाचार
-
यू–१९ क्रिकेटः सुदूरपश्चिम फाइनलमा प्रवेश
काठमाडौं । नरेश श्रेष्ठ स्मृतिद्वारा विराटनगरमा आयोजित ‘यू–१९ पुरुष एकदिवसीय राष्ट्रिय क्रिकेट’ प्रतियोगिताको फाइनलमा सुदूरपश्चिम प्रदेश पुगेको छ । सोमबार...
-
पोखरीमा कार डुब्दा दुईजना बेपत्ता
काठमाडौं । सर्लाहीको बयलवासबाट महोत्तरीको गौशाला जाँदै गरेको लु२च ६७५८ नम्बरको कार अनियन्त्रित भई सर्लाहीकै ईश्वरपुर नगरपालिका–२ मियाँखोरस्थित पोखरीमा आज...
-
गोप्य सूचना मिडियालाई दिएको आरोपमा नेतान्याहुका सहयोगी पक्राउ
काठमाडौं । इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुको एक शीर्ष तहका सहयोगीले विदेशी सञ्चार माध्यमलाई समाचार उपलब्ध गराएको आरोपमा प्रहरीले गिरफ्तार गरेको...
-
आज अमेरिकी राष्ट्रपतिको निर्वाचन
काठमाडौं । विश्वभर निकै प्रतिक्षा गरिएको अमेरिकाको राष्ट्रपतीय निर्वाचनको मतदात आज हुन गइरहेको छ । अमेरिकी जनताले मतदान गर्न अब...
-
आजदेखि छठ पर्व सुरु
काठमाडौं । मिथिलाञ्चलसहित मधेसमा मनाइने चारदिने छठ उत्सव आजदेखि धार्मिक विधिपूर्वक सुरु भएको छ । चार दिनसम्म विभिन्न विधि गर्दै...
-
विश्वकप लिग-२ मा नेपाल र स्कटल्यान्डले अंक बाँडे
काठमाडौं । नेपालले आईसीसी विश्वकप क्रिकेट लिग डिभिजन टुको खेलमा स्कटल्यान्डसँग अङ्क बाँडेका छ । सोमबार भएको खेलमा नेपालले ६...
-
देउसी खेलिरहेको समूहलाई बसले ठक्कर दिँदा २ को मृत्यु, १८ घाइते
काठमाडौं । अर्घाखाँचीको भूमिकास्थान नगरपालिकास्थित जयठाटीमा भएको बस दुर्घटनामा मृतकको सङ्ख्या दुई र र घाइतको सङ्ख्या १८ पुगेको छ ।...
-
चोटका कारण भीम र करणले स्कटल्यान्डविरुद्ध नखेल्ने, देव र सागरलाई मौका
काठमाडौं । नेपालले आईसीसी विश्वकप क्रिकेट लिग–२ को त्रिकोणात्मक शृंखलामा सोमबार साविक विजेता स्कटल्यान्डको केहीबेरमा सामना गर्दैछ। डालसस्थित ग्राण्ड पियरे...
-
लाङटाङ हिमालमा हराइरहेका स्लोभाकियाका हुसर्के खोँचमा पाँच दिनपछि भेटिए
काठमाडौं । लाङटाङ हिमालमा हराइरहेका स्लोभाकियन नागरिक ३४ वर्षीय ओनरेज हुसर्के पाँच दिनपछि भेटिएका छन् । हुसर्के स्लोभाकियाका चर्चित पर्वतारोही...