ताजा समाचार

रवि लामिछानेले नीतिविहीन पपुलिष्ट पोलिटिक्स गरेको टिप्पणी

काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले नयाँ भनेर नीति विहीन, उद्देश्यविहीन पपुलिष्ट पोलिटिक्स गरेको टिप्पणी गर्नु भएको छ । उहाँले पपुलिष्ट कुरा गर्नेहरु र छोएरै उपचार गर्छु भनेर भिड जम्मा गर्ने सीमान्त गुरुमा केही अन्तर नभएको बताउनु भयो ।

उहाँले फेसबुकमा लेख्नु भएको छ, ‘पुरानो होइन नयाँ भनेर नीति विहीन, उद्देश्यविहीन पपुलिष्ट पोलिटिक्स गर्नेहरूले ठिक र बेठिक छुट्ट्याउने द्वन्द्वात्मक चेतनाबाट समाजलाई विमुख बनाइरहेका छन् । यसरी उद्देश्य विहीन पपुलिस्ट कुरा गर्नेहरु र छोएरै उपचार गर्छु भनेर भिड जम्मा गर्ने सीमान्त गुरुमा के अन्तर भयो र रु दुवै थरी जनताको निराशाको लाभ लिन खोजिरहेका छन् ।’

संसदमा एमाले अध्यक्ष केपी शर्मा ओलीले नीति तथा कार्यक्रममाथि तथ्यगत रूपमा आफूलाई प्रस्तुत गर्दा पनि गफ ठान्नेको प्रति असन्तुष्टि जनाउनु भयो । ‘कहाँ चुकेको छ सरकार रु नीति तथा कार्यक्रमले के कुरालाई सम्बोधन गर्नु पर्दथ्यो भन्ने कुरामा विपक्षी दलका नेताले तथ्यगत रूपमा आफूलाई प्रस्तुत गर्दा पनि गफ ठान्ने जमातले नबोलिकन राष्ट्रलाई डुबाउने देउवा र खुलेआम लुट मच्चाएर शान्ति प्रक्रियाको दुहाई दिने प्रचण्डको पैरवी गर्नु कुनै अनौठो कुरा होइन’ ,उहाँले लेखनु भएको छ । सत्यलाई स्थापित गर्न कठिन भयो भनेर सत्यको मार्ग छोड्न नहुने उहाँको भनाइ छ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org