ताजा समाचार

मन्त्रिपरिषद्ले पायो पूर्णता

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड नेतृत्वको मन्त्रिपरिषद्ले पूर्णता पाएको छ । प्रधानमन्त्री प्रचण्डको सिफारिसमा मंगलबार राष्ट्रपति रामचन्द्र पौडेलले एक मन्त्री र एक राज्यमन्त्री नियुक्त गरेका हुन् ।

राष्ट्रपति कार्यालयका अनुसार वन तथा वातावरण मन्त्रीमा वीरेन्द्र प्रसाद महतो नियुक्त भएका छन् भने विज्ञान तथा प्रविधि राज्यमन्त्रीमा प्रमिला कुमारी नियुक्त भएकी छिन् । राष्ट्रपतिले संविधानको धारा ७६ को उपधारा ९ बमोजिम मन्त्री नियुक्त गरेर कार्यभार तोकेका छन् ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org