ताजा समाचार

दु:खी देशहरुको सूचीमा नेपाल ६३ औं स्थानमा

काठमाडौं । नेपाल दुस्खी देशहरूको सूचीमा ६३ औं स्थानमा परेको छ । सन् २०२२ को हान्केको वार्षिक दुःख सूचकांकको सर्वेक्षणले नेपाललाई दुःखी देशको सूचीमा राखेको हो । नेपाल ३७. १८ अंक पाएर दुस्खी देशहरुको ६३ औं सूचीमा परेको छ ।

सर्वेक्षणले दुस्खको प्रमुख कारण बेरोजगारी देखाएको छ । यस्तै २०२२ मा शीर्ष १ ‘सबैभन्दा खुसी’ देशहरू स्विट्जरल्याण्ड, कुवेत, आयरल्याण्ड, जापान, मलेसिया, ताइवान, नाइजर, थाइल्याण्ड, टोगो र माल्टा परेको छ ।

यसैगरी सबैभन्दा दुस्खी देशमा जिम्वाम्वे ४१४.७ अंक पाएर पहिलो नम्बरमा रहेको छ । दुस्खी देशमा पर्नुको कारण मुद्रास्फिति रहेको छ । उक्त सूचकांकमा १५७ वटा देशहरु समावेश गरिएको थियो ।

दुस्ख सूचकाङ्कको इन्डेक्स वर्षको अन्त्यको बेरोजगारीको योगफल, मुद्रास्फीति, र बैंक-ऋण दरहरू, प्रति व्यक्ति वास्तविक जीडीपीमा वार्षिक प्रतिशत हेरिएको थियो ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org