ताजा समाचार

चिनियाँ दूतावासको टोली रास्वपा कार्यालयमा

काठमाडाैँ । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका नेताहरू भेट्न चिनियाँ दूतावासको टोली पार्टी कार्यालय बसुन्धरा पुगेको छ ।

चिनियाँ दुतावासका डिसिएम वाङ शिनसहितको प्रतिनिधिमण्डल रास्वपा पार्टी कार्यालय बसुन्धरा पुगेको हो।

छलफलमा रास्वपाका तर्फबाट उपसभापति डोलप्रसाद अर्याल, सहमहामन्त्री कविन्द्र बुर्लाकोटी, केन्द्रीय सदस्य प्रतिभा रावल थिए।

भेट कुनै कार्यसूचीमा आधारित नभई कूटनीतिक शिष्टाचारमात्रै भएको रावलले बताइन्।

‘पार्टी कार्यालय बसुन्धरामा संक्षिप्त भेटघाट भयो,’ रावलले भनिन्, ‘भेटघाटमा नेपाल–चीनका आपसी चासोका विषयहरूमा छलफल भएको थियो । उहाँहरूले पार्टीका बारेमा पनि चासो राख्न भएको थियो।’

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org