रवि लामिछाने र भारतीय प्रधानमन्त्रीका भाइबीच ‘सुटुक्क’ भेट
काठमाडाैँ । राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछाने विश्व हिन्दू महासंघ भारत च्याप्टरका अध्यक्ष तथा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका भाइ प्रह्लाद दामोदर मोदीसँग गोप्य भेट गरेका छन् ।
उक्त भेट केही साताअघि काठमाडौंमा भएको उच्च स्रोतले बताएको छ ।
सरकारी निकायले जानकारी नदिएको उक्त भ्रमणको क्रममा प्रल्हाद पोखरा पुगेको बताइन्छ । जेठ १ गते पोखराबाट फर्केर उनी २ गते नयाँ दिल्ली गएका थिए ।
गत पुसमा उपप्रधानसहित गृहमन्त्री बनेपछि लामिछानेले नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र राष्ट्रिय अनुसन्धान विभागलाई मन्त्रीस्तरीय निर्णयबाट राजनीतिक नेतृत्व, विदेशी कूटनीतिक नियोगका प्रतिनिधिहरुसँग व्यक्तिगत भेटमा रोक लगाएका थिए ।
उनले तोकिएका अधिकारीसँग स्वीकृति लिँदै विषयवस्तुको पूर्व जानकारी गराएर मात्र भेटघाट गर्न कडा निर्देशन जारी गरेका थिए । तर अहिले आफैँले विदेशीसँग गोप्य भेट गर्नुलाई धेरैले अर्थपूर्ण र दोहोरो मापदण्ड भनेका छन् ।
Comments
अरु समाचार
-
प्रधानमन्त्री दाहाल दिल्लीमा, राज्यमन्त्री लेखीले गरिन् स्वागत
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ भारतको राजधानी नयाँ दिल्ली पुगेका छन्। प्रधानमन्त्री दाहाललाई दिल्लीस्थित इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा भारतकी...
-
नागरिकता विधेयकप्रति एमालेको आलोचना
काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)ले निष्क्रिय अवस्थामा रहेको नागरिकतासम्बन्धी विधेयक संसदीय विधि र प्रक्रिया उल्लङ्घन गरी जारी गरिएको...
-
सुनैसुनले ढाकिएको फोटो राख्दै ट्रोल गरिएकोमा ओलीको गुनासो
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सामाजिक सञ्जालमा आफ्नो सुनैसुनले ढाकिएको फोटो राख्दै ट्रोल गरिएकोमा गुनासो पोख्नु भएको...
-
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ दिल्ली पुगे
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ आफ्नो चार दिने भ्रमणका लागि भारतको राजधानी नयाँ दिल्ली पुगेका छन् । बुधबार दिउँसो...
-
नागरिकता विधेयक प्रमाणीकरण राष्ट्रहितविरुद्ध : रवि लामिछाने
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले नागरिकता विधेयक प्रमाणीकरण गर्नु लोकतान्त्रिक संसदीय मूल्य मान्यता र राष्ट्रहितविरूद्ध रहेको टिप्पणी...
-
कोशी प्रदेश सरकारबाट जसपा बाहिरियो, माओवादी नैतिक दबाबमा
विराटनगर । कोशी प्रदेश सरकारलाई जनता समाजवादी पार्टीले दिएको समर्थन फिर्ता लिने निर्णय गरेको छ । जसपा कोशी प्रदेश समितिको...
-
प्रधानमन्त्रीको भारत भ्रमण : एमाले महासचिवका ९ सुझाव
काठमाडौँ । भारत भ्रमणमा जान लागेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई नेकपा एमालेका महासचिव शङ्कर पोखरेलले ९ वटा सुझाव दिएका छन।...
-
भारत जानु अगाडि चिनियाँ उच्च अधिकारीसँग छलफलमा प्रधानमन्त्री प्रचण्ड
काठमाडौं । भारत भ्रमणमा जानु अगाडि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले चिनियाँ उच्चअधिकारीसँग भेटवार्ता गरेका छन्। बुधबार बिहान बालुवाटारमा पुगेका चिनियाँ...
-
रवि लामिछाने सांसद हुन अयोग्य रहेको भन्दै परेको रिटमा आजबाट प्रारम्भिक सुनुवाइ
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने सांसद हुन अयोग्य रहेको भन्दै सर्वोच्च अदालतमा परेकोमा रिटको पेसी...