सरकारले जलहरी सुन कि पित्तल नभनेसम्म बैठक चल्न नदिने अडानमा एमाले
काठमाडौं । पशुपतिको जलहरीमा सुन भनेर पित्तल हालेको भन्ने आरोपविरुद्ध नेकपा (एमाले)को अवरोधपछि २० मिनेटका लागि स्थगित प्रतिनिधिसभा बैठक अझै सुरु भएको छैन ।
गत बुधबारको बैठकमा नेकपा (माओवादी केन्द्र)का सांसद लेखनाथ दाहालले पशुपतिको जलहरी राख्दा सुनको भन्दै पित्तलको राखेर प्रधानमन्त्री हुँदा केपी शर्मा ओलीले भ्रष्टाचार गरेको आरोप लगाएका थिए । त्यसदिन नियमापत्ति समेत नगरेको एमालेले शुक्रबार एकाएक बैठक अवरोध गरेका थियो ।
माअोवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेलाई बोल्न समय दिएपछि नाराबाजी गर्दै एमाले सांसदहरुले बेल घेराउ गरेपछि सभामुखले साढे १२ बजे २० मिनेका लागि बैठक स्थगित गरका थिए ।
त्यसपछि सभामुखले सहमतिका लागि थालेको वार्ता अझै टुंगिएको छैन ।
“हामी पशुपतिको जलहरी सुनको हो कि पित्तलको भनेर नभन्दासम्म बैठक सञ्चालन गर्न दिने पक्षमा छैनौँ,” एमालेका सचेतक महेश बर्तौलाले भने, “भ्रष्टाचारको आरोप मात्र नभएर करोडौँको आस्था बोकेको पशुपतिनाथको जलहरी पित्तलको हो भन्ने कुराले आस्थावान सबैमाथि शंका बढाएको छ ।”
Comments
अरु समाचार
-
प्रस्तावित प्रधान न्यायाधीश र दुई राजदूतमाथि उजुरी आह्वान
काठमाडौं । संसदीय सुनुवाइ समितिले प्रस्तावित प्रधान न्यायाधीश र दुई राजदूतमाथि सुनुवाइका लागि उजुरी आह्वान गरेको छ । समितिको आज...
-
आज चारवटा संसदीय समितिको बैठक बस्दै
काठमाडौं । आज चारवटा संसदीय समितिको बैठक बस्दैछ। जस अनुसार बिहान ११ बजे शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक...
-
संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुन प्रधानमन्त्री ओली न्यूयोर्क प्रस्थान
काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओली संयुक्त राज्य अमेरिकाको न्यूयोर्क प्रस्थान गरेका छन् । शुक्रबार बिहान प्रधानमन्त्री ओली संयुक्त राष्ट्रसंघको महासभामा...
-
विदेशी मुद्रा विनिमय दर कति ? युरो र पाउण्डको मूल्य बढ्यो
काठमाडौँ : बिहीबारको तुलनामा आज शुक्रबार अमेरिकी डलरको मूल्यमा गिरावट आएको छ भने युरो र पाउण्ड स्ट्रलिङको मूल्य बढेको छ...
-
राष्ट्रसंघ महासभाको अधिवेशनमा भाग लिन प्रधानमन्त्री न्यूयोर्क जाँदै
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओली संयुक्त राज्य अमेरिकाको न्यूयोर्कस्थित संयुक्त राष्ट्रसङ्घको मुख्यालयमा भइरहेको संयुक्त राष्ट्रसङ्घ महासभाको ७९औँ अधिवेशनमा भाग...
-
‘‘संविधानको पूर्ण कार्यान्वयन भए जनताको निराशा हटनेछ’’: मन्त्री गुरुङ
काठमाडौं । संविधान कार्यान्वयनका नौ वर्षलाई हेर्दा निराश हुनुपर्ने अवस्था छैन । विश्वका अन्य देशमा नयाँ संविधान बनिसकेपछिको अभ्याससँग तुलना...
-
संवैधानिक स्वतन्त्रताको उपभोग गरेर भविष्य सुरक्षित गर्नुपर्नेमा प्रधानमन्त्रीको जोड
काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले संविधानले दिएको स्वतन्त्रताको उपभोग गरेर भविष्य सुरक्षित गर्नुपर्ने बताएका छन् । संविधान दिवसका अवसरमा आज...
-
संविधानको मर्मअनुरुप काम गर्नुपर्छः मुख्यमन्त्री कार्की
काठमाडौं । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले संविधानको मर्मअनुरुप कार्यसम्पादन गर्नुपर्नेमा जोड दिएका छन् । साथै उनले मुलुकलाई सामाजिक न्यायसहित...
-
जम्मू–कश्मीर विधानसभा चुनावमा ५९.१९ प्रतिशत मतदान
दिल्ली । जम्मू–कश्मीरमा बुधबार भएको विधानसभा चुनावको पहिलो चरणमा साँझ पाँच बजेसम्म ५९ दशमलव १९ प्रतिशत मतदान भएको छ ।...